Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

लगानी खबर, काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । यसअनुसार आज १५ बैशाखसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

इन्स्योरेन्सको बैंशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा २०७९ बैशाख २८ गते (बुधबार)लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १०:३० बाट सुरु हुनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षको प्रतिवेदनसहितको, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह तथा सो सँग सम्वन्धीत विवरणहरु  पारित गरिनेछ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।