लगानी खबर, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।
सीडिएसका अनुसार कम्पनीको हकप्रदमा आज (बुधबार) साँझ ५:२० बजेसम्ममा एक लाख २ हजार ७ सय १६ जनाले ६८ करोड ८६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ६८ लाख ८६ हजार २ सय ८६ कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदमा (भोली) वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।