Like us!
Follow us!

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबारमा अरुण भ्याली अब्बल

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबारमा अरुण भ्याली अब्बल

लगानी खबर, काठमाडौं - आज (बुधबार) सेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो कारोबार दिन १५ अंकले घटेको बजार आज भने बढेको हो । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अब्बल देखिएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक ०.२२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.६१ अंकले बढेर ४५४.५६ विन्दुमा पुगेको छ ।

कूल २२८ वटा कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसहुह घटेको छ भने बाँकी ९ उपसमुहको सेयर बढेका छन् । बुधबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह बढेको छ । 

आज अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ५ करोड २१ लाख १३ हजार ३ सय ३२ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ३८ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यस्तै आज सानिमा इक्विटीको सेयरमूल्य सर्वाधिक घटेको छ । आज इक्विटीकोको मूल्य ३.८८ प्रतिशतले घटेर प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसामा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

62690d76611e1.JPG 62690d78b851c.JPG 62690d961f033.JPG 62690d980a918.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।