Like us!
Follow us!

नेप्सेले किन माग्यो सिभिल बैंकसँग जवाफ ?

नेप्सेले किन माग्यो सिभिल बैंकसँग जवाफ ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सिभिल बैंक लिमिटेडलाई जवाफ पेश गर्न निर्देशन दिएकाे छ । नेप्सेले बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएकाे बताउँदै त्यसकाे बारेमा जवाफ पेश गर्न निर्देशन दिएकाे हाे ।

धितोपत्र सूचीकरण विनियमावली,२०७५ को विनियम २२ को (च) बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मुल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको नेप्सेले जनाएकाे छ ।

भाेलि सोमबार बजार खुल्नुअघि नेप्सेमा आईपुग्ने गरी जवाफ पठाउन नेप्सेले निर्देशन दिएको छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f671e0d15acb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।