Like us!
Follow us!

विद्युत प्राधिकरणद्वारा १ करोड ५७ लाख राजस्व संकलन

विद्युत प्राधिकरणद्वारा १ करोड ५७ लाख राजस्व संकलन

लगानी खबर, काठमाडौं - नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत पोल प्रयोग गरेबापत रू. एक करोड ५७ लाख ३९ हजार ९७३ राजस्व संकलन गरेको छ । 

जिल्लामा रहेका १४ ओटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजस्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा.लि रहेका  कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । 

यस्तै ब्रोडलिङ्क, वेबसफर, डिशहोम, भायनेट कम्युनिकेशन, टेक माइन्स कम्युनिकेशन र एन्जियटा एन सेलले पोल प्रयोग बापतको राजस्व बुझाएका हुन् । 

उनका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले रु ३०-३० लाख बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु पनि रहेको र उनीहरु राजस्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजस्व बुझाउन थालेका हुन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।