Like us!
Follow us!

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा

लगानी खबर, काठमाडौं -  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले सेयर लिलाममा राखेको छ । बैंकले संस्थापक समुहको ४५ हजार ९ सय ९१ कित्ता सेयर लिलामीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले (आज) बैशाख १४ गते देखि बैशाख २२ गते कार्यलय समय भित्र बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । 

सो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

6268de6f0a3d9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।