Like us!
Follow us!

नाडेप लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

नाडेप लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिको तुलनामा ४९.९८ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ३७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ५१.२० प्रतिशतले घटेर ८ करोड ६७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३६ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.५७ र तरलता अनुपात ८.३५ प्रतिशत रहेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण :

6268a9320ab55.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।