Like us!
Follow us!

पहाडी क्षेत्रमा वायुकाे प्रभाव, यी क्षेत्रमा वर्षाकाे सम्भावना

पहाडी क्षेत्रमा वायुकाे प्रभाव, यी क्षेत्रमा वर्षाकाे सम्भावना

लगानी खबर, काठमाडौं - पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ ।  बुधबार बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी र प्रदेश १का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ । प्रदेश १ का पहाडी भू-भागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ । महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।