Like us!
Follow us!

१६ कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

१६ कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

लगानी खबर, काठमाडौँ - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न १६ वटा कम्पनीहरूले कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।

कुन कम्पनीले कति दिन्छन् लाभांश ?

१. माछापुच्छ्रे बैंक लिमिटेड​ :

माछापुच्छ्रे बैंक लिमिटेडकाे असाेज १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे खुद मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२. आशा लघुवित्त वित्तीय संस्था लिमिटेड :

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड भाद्र ३१ गते बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लभांश (कर प्रयाेजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

३. सिटिजन्स म्युचुअल फण्ड – १ :

सीबीआईएल क्यापिटल लिमिटेड भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

४. सिटिजन्स म्युचुअल फण्ड – २ :

सीबीआईएल क्यापिटल लिमिटेड भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५. सनराइज फर्स्ट म्युचुअल फण्ड :

योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडकाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ कराेड २ लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

६. आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड :

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने  निर्णय गरेको छ ।

७. गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड :

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे भाद्र १९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस शेयर र सो मा  लाग्ने कर वापत ५१  लाख ८६ हजार ५५८ रुपैयाँ (कर प्रयोजनका लागि मात्र ) नगद लाभांश दिने निर्णय गरेको छ । 

८. ग्लोबल आइएमई समुन्नत योजना १ :

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडकाे भाद्र १४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि ग्लोबल आइएमई समुन्नत योजना – १ का इकाईधनीहरूलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ कराेड रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

९. लक्ष्मी इक्विटी फण्ड :

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडकाे भाद्र १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि लक्ष्मी म्युचल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरूलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

१०. नबिल इक्विटी फन्ड :

योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भाद्र १० गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि  नबिल इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित ६ प्रतिशतका दरले हुन आउने ७ कराेड ५० लाख रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे छ ।

११. नबिल ब्यालेन्स फण्ड :

योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भाद्र १० गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि नबिल ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ९ प्रतिशतका दरले हुन आउने १० कराेड ८ लाख रूपैयाँ बराबरकाे प्रतिफल वितरण गर्ने घाेषणा गरिएकाे छ ।

१२. फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड :

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भाद्र १० गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

१३. समता लघुवित्त वित्तीय संस्था लिमिटेड :

समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे भाद्र ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित नाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

१४. एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड​ :

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मूनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशतले हुन आउने ७ करोड १७ लाख २५ हजार ५ सय रूपैयाँ बराबरको बोनस शेयर  र कर प्रयोजनको लागि ०.३७ प्रतिशतले हुन आउने ३७ लाख ७५ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

१५. साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड :

साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे पुस २५ गते शुक्रबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना   शेयरधनीहरूलाई २५ प्रतिशत बाेनस शेयर र कर प्रयाेजन समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

१६. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड :

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

हेर्नुहाेस् तालिका :

 

 

5f6715c93de27.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।