Like us!
Follow us!

नेप्से परिसूचकमा दाहोरो अंकको गिरावट, जाल्पा लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

नेप्से परिसूचकमा दाहोरो अंकको गिरावट, जाल्पा लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा दोहारो अंकको गिरावट आएको छ । 

नेप्से परिसूचकमा गिरावट आउँदा जाल्पा समूदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । लघुवित्तको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७४ अंकले घटेर ४५२.९५ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन र प्रसोधन र म्युचुअल फण्ड समुह बढेको छ भने बाँकी ११ उपसमुहको सेयर घटेका छन् । मंगलबार सबैभन्दा धेरै हाइड्रोपावर समूह घटेको छ । 

आज सिद्धार्थ बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस बैंकको ४ करोड २१ लाख ८२ हजार ६ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ४४ रुपैयाँ ४० पैसा पुगेको छ । 

त्यस्तै आज हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ५.४१ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय २० रूपैयाँमा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

 

6267bbc29c1a9.JPG 6267bbc480bb6.JPG 6267bbc817812.JPG 6267bbca58305.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।