लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको तेस्रो दिज आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ९ सय ४४ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ७.३९ प्रतिशतले घटेर २३७८.६२ विन्दुमा झरेको छ । २१८ ओटा कम्पनीको ९ लाख ७८ हजार ५ सय ५० कित्ता सेयर खरिख बिक्री हुँदा ३७ करोड ८ लाख ४३ हजार ४ सय ८२ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।