Like us!
Follow us!

सिवाईसी नेपालको आईपीओ बिहीबार बाँडफाँड हुँदै

सिवाईसी नेपालको आईपीओ बिहीबार बाँडफाँड हुँदै

लगानी खबर, काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँडको  मिति र स्थान तोकिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार संस्थाको आईपीओ चैत्र १५ गते (बिहीबार) बिहान ९ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको छ । 

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।