Like us!
Follow us!

विश्वदेवले कुटाइ पनि खाए मेयरको टिकट पनि गुमाए

विश्वदेवले कुटाइ पनि खाए मेयरको टिकट पनि गुमाए

लगानी खबर, काठमाडौं - नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका रुपमा उम्मेदवार सिफारिस गरेको विश्वदेव श्रेष्ठले अन्तिममा टिकट गुमाएका छन् ।

उनले टिकट मात्रै गुमाएनन् कुटाइ पनि खाएका छन् । उम्मेदवारी मनोनयन गर्न निर्वाचन कार्यालयमा पुगेका विश्वदेवलाई पार्टीभित्रकै विरोधी कार्यकर्ताले हातपात गरेका थिए । 

यसअघि हालका मेयर राजनराज पन्तलाई पुनः दोहोर्याउनु पर्ने भन्दै कांग्रेस कार्यकर्ता तथा समर्थकले पार्टी कार्यालयमा तालबान्दी समेत गरेका थिए । विवाद बढ्दै गएपछि पन्तलाई नै उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।