Like us!
Follow us!

यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

यी हुन् सोमबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । 

आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्प्नी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ८ करोड ११ लाख ९१ हजार ८ सय २४ रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार भएका अन्य कम्पनीहरुमा क्रमश : सिवस् सिमेन्ट, हिमालयन डिष्टिलरी लिमिटेड, अपि पावर कम्पनी, एनआसी एशिया बैंक, नबिल बैंक, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर, ग्रिन भेन्चर्स लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन् । 

6266700b98859.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।