लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन ९५.४६ अंकले बढेको बजार आजभने घटेको हो ।
नेप्से परिसूचकमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज त्यती रकम बराबरको कारोबार हुन सकेन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.४४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा झरेको छ ।
कूल २३९ वटा कम्पनीको ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटेल एण्ड टुरिजम र म्युचुअल फण्ड समुह बढेको छ भने बाँकी ११ उपसमुहको सेयर घटेका छन्। सोमबार सबैभन्दा धेरै अन्य समुह घटेको छ ।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्प्नी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस हाइड्रोपावरको ८ करोड ११ लाख ९१ हजार ८ सय २४ रूपैयाँको कारोबार भएको हो ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ५८ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटरको सेयरमूल्य सर्वाधिक घटेको छ । आज प्रोमोटरको सेयरमूल्य ७.७० प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ८१ रूपैयाँ १० पैसामा झरेको छ ।
हेर्नुहोस् आजको तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।