Like us!
Follow us!

६ लाख बढी नगदसहित ७ जुवाडे पक्राउ

६ लाख बढी नगदसहित ७ जुवाडे पक्राउ

लगानी खबर, काठमाडौं - ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।