लगानी खबर, काठमाडौँ - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।
संस्थाको पौष २८ गते सम्पन्न भएको सातौं वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा बैशाख ११ गतेदेखि जम्मा गरिएको संस्थाले जनाएको छ ।
बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।