Like us!
Follow us!

काठमाडौं बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

काठमाडौं बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून) ले १७औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संघकाे असाेज २ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन २४ गते शनिबार, अभाैतिक रूपमा बिहान ११  बजेबाट सुरू हुनेछ । सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा अभाैतिक रूपमा गर्न लागिएकाे हाे । सहभागिताकाे माध्यम पछि उपलब्ध गराइने पनि संघले जनाएकाे छ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संघले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6704ddf25a9.jpg

ताजा समाचार