Like us!
Follow us!

आरम्भ चौतारीको नाफा घट्दा ईपीएस के भयो ?

आरम्भ चौतारीको नाफा घट्दा ईपीएस के भयो ?

लगानी खबर, काठमाडौं - आरम्भ चौतारी लघुवित्त लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ९२ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ३७.१९ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ८३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ४२.०७ प्रतिशतले घटेर ६ करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १२ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३२.३८ प्रतिशतले बढेर २६ करोड ८८ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.८७ रुपैयाँ, पीई रेसियो ५५ गुणा, प्रतिसेयर नेटवर्थ १३५.५५ र तरलता अनुपात ४.९२ प्रतिशत रहेको छ ।

यस्तो संस्थाले प्रकाशन गरेको सूचना :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।