Like us!
Follow us!

थाहा पाउनोस् कस्तो छ आजको मौसम ?

थाहा पाउनोस् कस्तो छ आजको मौसम ?

लगानी खबर, काठमाडौं - पहाडी भू-भागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रहने ठानिएकाे छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।