Like us!
Follow us!

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिन कति पर्यो आवेदन ?

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिन कति पर्यो आवेदन ?

लगानी खबर, काठमाडौं - रिभर फल्स पावर लिमिटेडले स्थानिय बासिन्दाहरुका लागि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख ११ गते आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

सिडिएसीका अनुसार आइतबार दिउँसो ५ बजेसम्ममा ६ हजार ८ जना आवेदकलेले ९ करोड ८५ लाख १३ हजार रुपैयाँ बराबरको ९ लाख ८५ हजार १ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्कासन गरिनेछ । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।