लगानी खबर, काठमाडौं आईपीओ निष्कासन गर्नका लागि बाराही हाइड्रोपावरले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
हाइड्रोपावरले ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत्र १७ गते निवेदन दिएको हो । हाइड्रोको आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।