Like us!
Follow us!

खैरो हिरोइनसहित एकजना पक्राउ

खैरो हिरोइनसहित एकजना पक्राउ

लगानी खबर, काठमाडौं - मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेको पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।