Like us!
Follow us!

सेयर बजारमा उछाल आएको दिन यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

सेयर बजारमा उछाल आएको दिन यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ विन्दुमा पुगेको छ । 

आज विभिन्न १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन युनिभर्सल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, वेष्ट फाइनान्स कम्पनी, घलेम्दी हाइड्रो, जानकी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, मञ्जु श्री फाइनान्स, नेशनल हाइड्रोपावर र हिमाल दोलखा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

यस दिन यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । 


 

626520a6ab37f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।