Like us!
Follow us!

दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ७ कम्पनीको सेयरकारोबार सर्किट लेभलमा

दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, ७ कम्पनीको सेयरकारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन श्री इन्भेष्टमेन्ट फाइनानस लिमिटेड र घलेम्दी हाइड्रोपावर लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

श्री इन्भेष्टमेन्ट फाइनानस लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८५ रुपैयाँ पुगेको छ । त्यस्तै घलेम्दी हाइड्रो लिमिटेड लिमिटेडको सेयरमूल्य आज १० प्रतिशतले बढेर २ सय ४५ रुपैयाँ ३० पैसा पुगेको छ ।  

त्यस्तै, यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त, ग्रिन भेन्चर्स लिमिटेड, वेष्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र आँखूखोल जलविद्युत कम्पनी लिमिटेडको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । 
 

626509d7a140a.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।