लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारण समूहतर्फ २०७८ चैत्र १ गते देखि चैत्र २१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा ७७ हजार ७ सय २०.८८ कित्ताका लागि आवेदन नपरेकाले उक्त हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
उक्त हकप्रद खरिद गर्न इच्छुक जो कोही व्यक्ती संस्था वा कम्पनीहरुले २०७९ बैशाख २६ गते दिउँसो २ बजे भित्र एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।