Like us!
Follow us!

अवितरित हकप्रद लिलाम बढाबढ गरी गर्दै आइएमई जनरल इन्स्योरेन्स

अवितरित हकप्रद लिलाम बढाबढ गरी गर्दै आइएमई जनरल इन्स्योरेन्स

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक तथा सर्वसाधारण समूहको हकप्रद २०७८ फाल्गुन २२ गते देखि चैत्र ११ गतेसम्म बिक्री खुल्ला गरिएकोमा संस्थापक समूहतर्फ दुई हजार दुई सय ६१ कित्ता र सर्वसाधारण समूहतर्फ ८८ हजार ९ सय ३४ गरी जम्मा ९१ शजार १ सय ९५ कित्ताका लागि आवेदन नपरेकाले उक्त हकप्रद लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

उक्त हकप्रद खरिद गर्न इच्छुक जो कोही व्यक्ती संस्था वा कम्पनीहरुले २०७९ बैशाख २० गते भित्र ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

6264ec8d6be93.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।