Like us!
Follow us!

आइतबारबाट काठमाडाैंमा मेलम्चीकाे पानी वितरण सुरु

आइतबारबाट काठमाडाैंमा मेलम्चीकाे पानी वितरण सुरु

लगानी खबर, काठमाडौं - मेलम्ची खानेपानी आयाेजनाकाे पानी आज (आइतबार) बाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । 

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । 

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।