Like us!
Follow us!

रिभर फल्स पावरको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन

रिभर फल्स पावरको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन

लगानी खबर, काठमाडौं - रिभर फल्स पावर लिमिटेडले स्थानिय बासिन्दाहरुका लागि खुल्ला गरेको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।  

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्कासन गरिनेछ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा प्राइम कमर्सियल बैंक लिमिटेड खादवारी तुम्लिङटा र सभापोखरी शाखा, प्रभ बैंक लिमिटेड, खांदबारी शाखा, ग्लोबल आईएमई बैंक लिमिटेड, खांदबारीर चैनपुर शाखा, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।