Like us!
Follow us!

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

लगानी खबर, काठमाडौं - देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-गमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागका  एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकी  प्रदेशका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ । 

साेमबार पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।