Like us!
Follow us!

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो लिबर्टी इनर्जीको कारोबार?

स्पेशल प्रि ओपनिङ्गमा कतिमा भयो लिबर्टी इनर्जीको कारोबार?

लगानी खबर, काठमाडौं –  धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीकाे काराेबार प्रति कित्ता ३ सय रूपैयाँमा भएकाे छ । कम्पनीकाे ३ हजार २ सय ६० कित्ता शेयर प्रति कित्ता ३ सय रूपैयाँमा भएकाे हाे ।

शुक्रबार कम्पनीकाे १ करोड ५० लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे भने नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म को कारोबार रेञ्ज प्रदान गरेको थियाे । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।