Like us!
Follow us!

न्युन चापिय रेखासहित स्थानीय वायुको प्रभाव, यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

न्युन चापिय रेखासहित स्थानीय वायुको प्रभाव, यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

लगानी खबर, काठमाडौं - नेपालमा न्युन चापिय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएकाे छ ।

शनिबार पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ ।

राति प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।