Like us!
Follow us!

ज्योति विकास बैंकद्वारा महानगरीय प्रहरी वृतलाई CCTV क्यामरा हस्तान्तरण

ज्योति विकास बैंकद्वारा महानगरीय प्रहरी वृतलाई CCTV क्यामरा हस्तान्तरण

लगानी खबर, काठमाडौं - ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई CCTV क्यामराहरु हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त CCTV हस्तान्तरण गरेको हो । 

लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद दाहाललाई CCTV क्यामरा हस्तान्तरण गरेका हुन् । बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो ।

बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।