Like us!
Follow us!

रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ नेपालमा सार्वजनिक, मूल्य कति ?

रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ नेपालमा सार्वजनिक, मूल्य कति ?

लगानी खबर, काठमाडौं - रियलमीले नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ । सधैँ झैँ, रियलमीले विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको DARE TO LEAP अवधारणालाई जारी राखेको छ । 

५० एमपी कयामेरा
रियलमी सी३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र 1.8 एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५ले 2.8 B राखेको छ ।

एन्ट्री लेभल मा स्टाईलिश डिजाइन 
२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी३५ ८.१ mm राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ । 

आफ्नो श्रेणीमा उत्कृष्ट
त्%ख् च्जभष्लबिलम ज्ष्नज च्भष्बिदष्ष्तिथ ऋभचतषष्अबतष्यल
सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले TUV Smartphone High Reliability Certification / Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन

Powered by Unisoc T616 Debut

Unisoc T616 शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले AnTuTu बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा DRE Dynamic RAM विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ । 

मेगा ब्याट्री FHD डिस्प्लेको साथ उत्कृष्ट अनुभव 
रियलमी सी३५ मा सी सिरीज अन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८W फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६.६ ईन्च FHD फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ । 

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ (4GB+64GB) र रु. २१,९९९ (4GB+128GB) रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।