Like us!
Follow us!

आशा लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

आशा लघुवित्तको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?

लगानी खबर, काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.४१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १० करोड ६७ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ३१.८७ प्रतिशतले बढेर २५ करोड ३ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १८ करोड ९८ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.०७ प्रतिशतले बढेर १७ करोड ५४ लाख ६९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १५ करोड ५१ लाख ८३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा २१ करोड ८३ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रूपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।