Like us!
Follow us!

मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ : रुस

मस्कोका यी कार्य पूरा भएपछि युक्रेन युद्ध रोकिन्छ : रुस

लगानी खबर, काठमाडौं - अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने रुसले बताएको छ । रुसी विदेश मन्त्रालयलका एक वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम ताससँगको कुराकानीमा यस्तो बताएका हुन् ।

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । दोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन् ’, उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् । युक्रेनमाथिको कारबाही योजनबद्ध ढंगले अगाडि बढेको र ‘उसले आफ्ना सम्पूर्ण योजना पूरा गर्ने’ उनले बताए । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।