Like us!
Follow us!

आईसीएफसी फाइनान्सको नाफा घट्दा ईपीएस के भयो ?

आईसीएफसी फाइनान्सको नाफा घट्दा ईपीएस के भयो ?

लगानी खाबर, काठमाडौं - आईसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार समीक्षा अवधिमा फाइनान्सले १२ करोड २३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा यस वर्ष खूद नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १७ करोड ७९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने ३७.९८ प्रतिशतले बढेर ३१ करोड ६५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २२ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४.६७ रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा ईपीएस २३.१६ रुपैयाँ रहेको थियो । 

त्यस्तै, पीई रेसियो ३५.९३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.५० र तरलता अनुपात २४.०९ प्रतिशत रहेको छ । 

यस्तो छ फाइनान्सले प्रकाशन गरेको विवरण :

6260bbb4b2584.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।