Like us!
Follow us!

न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव, देशको यी प्रदेशमा वर्षाको सम्भावना

न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव, देशको यी प्रदेशमा वर्षाको सम्भावना

लगानी खबर, काठमाडौं - नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव  रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति गण्डकी, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

शुक्रबार गण्डकी, बाग्मती तथा प्रदेश १ का  केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको आँकलन गरिएकाे छ 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।