Like us!
Follow us!

नेप्से परिसूचकमा भारी गिरावट, सबै उपसमुह भए राताम्मै

नेप्से परिसूचकमा भारी गिरावट, सबै उपसमुह भए राताम्मै

लगानी खबर, काठमाडौं - आज (बुधबार)  सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिन १३ अंकले बढेको बजारमा आज भने राताम्मै भएको हो । नेप्से परिसूचकमा गिरावट आउँदा सबै उपसमुह घटेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६९ अंकले घटेर ४४१.०८ विन्दुमा झरेको छ ।

कूल २२२ वटा कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूह घटेका छन् । बुधबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १४ करोड १९ लाख ४ सय ७९ रूपैयाँको कारोबार भएको हो ।  

बुधबार दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ३ सय २८ रुपैयाँ पुगेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ६ सय ४५ रुपैयाँ २० पैसा पुगेको छ । 

आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता दुई हजार ७ सय १० रूपैयाँ ३० पैसामा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

625fd285aa24a.JPG 625fd285bf776.JPG 625fd2883ee8b.JPG 625fd28a6e8d2.JPG 625fd28d5d2c3.JPG 625fd295318b3.JPG 625fd298a3790.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।