लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार सुरू भएको दिनबाट निरन्तर बढ्दै गइरहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज (बैशाख ७ गते, बुधबार) भने ओरालो लागेको छ ।
यस समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता दुई हजार १ सय १० रूपैयाँ ३० पैसामा झरेको छ ।
त्यस्तै दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ग्रिन भेन्चर्स लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ग्रिन भेन्चर्स लिमिटेडको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ३ सय २८ रुपैयाँ पुगेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज ९.९९ प्रतिशतले बढेर ६ सय ४५ रुपैयाँ २० पैसा पुगेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।