लगानी खबर, काठमाडौं - उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँडको मिति तय भएको छ । लघुवित्तको आईपीओ शुक्रबार हुने भएको हो ।
कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त आईपीओ वैशाख ९ गते शुक्रबार, क्यापिटलकाे कार्यालय, हात्तिसार, काठमाडाैँमा बिहान ८ बजे गरिनेछ । उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे (वैशाख ६ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।
कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा १२४.६४ गुणा धेरै हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।