Like us!
Follow us!

ग्लोबल आइएमई बैंक नाफामा सबैभन्दा अगाडी, तीन अर्ब ७२ करोड नाघ्यो नाफा रकम

ग्लोबल आइएमई बैंक नाफामा सबैभन्दा अगाडी, तीन अर्ब ७२ करोड नाघ्यो नाफा रकम

लगानी खबर, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार २७ वटा वाणिज्य बैंकहरुमध्ये बैंककाे नाफा सबैभन्दा धेरै छ । समिक्षा अवधिमा बैंककाे ईपीएस भने थाेरै घटेकाे छ । 

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ८.२९ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६ अर्ब ८७ करोड २ लाख १२ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २.७३ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ५ अर्ब ३ करोड ८२ लाख ८५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ र जगेडा कोषमा ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ५ पैसाबाट घटेर २० रूपैयाँ ८८ पैसामा झरेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेकाे छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको वित्तीय विवरण :

625fa19e7764f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।