Like us!
Follow us!

युक्रेनलाई अमेरिकाले दियो लडाकु विमान, जापानसहित युरोपेली नेताहरूसँग छलफल गर्दै बाइडेन

युक्रेनलाई अमेरिकाले दियो लडाकु विमान, जापानसहित युरोपेली नेताहरूसँग छलफल गर्दै बाइडेन

लगानी खबर, काठमाडौं - रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या खुलाइएको छैन ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनसँग दुई साताअघिको तुलनामा अझै बढी ‘फिक्स्ड विङ फाइटर एयरक्राफ्ट’ भएको जनाएको छ । रुसी सेनासँग लड्न युक्रेनलाई थप सहयोग पठाउने युरोपले पनि घोषणा गरेको छ ।

रुसले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा आफ्नो सेना केन्द्रित गरेको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विभिन्न देशसँग युद्धविमान र थप हतियारको माग गर्दै आएका छन् । 

रुसमाथि दबाब बढाउन खोजिरहेका राष्ट्रपति बाइडेनले क्यानडा, जापानसहित युरोपेली नेताहरूसँग छलफल गरेका छन् । एजेन्सी

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।