Like us!
Follow us!

१९.९६ प्रतिशतले बढ्यो एनआईसी एशिया बैंकको नाफा, अन्य सूचक पनि उत्साह जनक

१९.९६ प्रतिशतले बढ्यो एनआईसी एशिया बैंकको नाफा, अन्य सूचक पनि उत्साह जनक

लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले  ३ अर्ब ६० करोड ४५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४८ लाख १५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि २५.४२ प्रतिशतले बढेर ८ अर्ब २५ करोड ८४ लाख ४३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६ अर्ब ५८ करोड ४३ लाख ९२ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १६.३३ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ३४ लाख रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ४ अर्ब ३९ करोड ५६ लाख ५४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड ४५ लाख ६६ हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर रहेकाे छ । बैंककाे जगेडा कोषमा ९ अर्ब ७४ करोड ९३ लाख ५५ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४१ रुपैयाँ ९४ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ११ पैसा रहेकाे छ ।

बैंकले तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३७ लाख भन्दा बढी खाताहरू  प्रदान गर्दै आइरहेको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको वित्तीय विवरण :

625f9d9464574.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।