Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - सगरमाथा इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

इन्स्योरेन्सको (बैंशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा २०७९ बैशाख २८ गते (बुधबार)लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १०:३० बाट सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षको प्रतिवेदनसहितको , वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह तथा सो सँग सम्वन्धीत विवरणहरु  पारित गरिनेछ । 

त्यसैगरी, लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले बैंशाख १६ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैंशाख १५ गते (बिहीबार)सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न र साधारणसभामा उपस्थित हुन पाउनेछन् ।   

यस्तो छ कम्पनीले प्रकशन गरेको सूचना :

625f9a765ac8a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।