Like us!
Follow us!

मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु : एलन मस्क

मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु  : एलन मस्क

लगानी खबर, काठमाडौं - विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । 

‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने । उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’

विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्‍याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने । 

एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए । एजेन्सी 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।