Like us!
Follow us!

पश्चिमीसहित स्थानीय वायुको प्रभाव, अपरान्ह पछि यी स्थानमा वर्षा हुने

पश्चिमीसहित स्थानीय वायुको प्रभाव, अपरान्ह पछि यी स्थानमा वर्षा हुने

लगानी खबर, काठमाडौं - नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।

बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ ।  प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ ।

दिउँसो प्रदेश १, मधेश, बागमती र  गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।