Like us!
Follow us!

हिमालयन बैंकको नाफामा वृद्धि, प्रति सेयर आम्दानी कति ?

हिमालयन बैंकको नाफामा वृद्धि, प्रति सेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - हिमालयन बैंक लिमिटेडले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ । चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको ईपीएस भने घटेर  १४ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.८३ गुणा रहेको छ । बैंकको जगेडा कोष १४.९५ प्रतिशत घटेको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको वित्तीय विवरण :

625f5d2f187b8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।