Like us!
Follow us!

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्ड

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्ड

लगानी खबर, काठमाडौं - ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ । 

ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो । दुबै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ । यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोनकै आकार संग मिल्दो जुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ । त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४ः९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ । यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजताको अनुभव गर्न सकिन्छ ।

फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टू–फिंगर स्प्लिट स्क्रिन जस्ता विभिन्न आकर्षक सफ्टवेयरहरु पनि उपलब्ध गराएको छ । टू–फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औँलाको सहायताबाट तल तिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटास्किंगका लागि उपयोग गर्न सक्छन् ।

त्यसैगरी, ओपो फाइन्ड एनमा स्व–विकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ । फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनैपनि कोणमा सहजै उभ्भिने कार्यमा सहजता प्रदान गर्छ । साथै, फोल्ड गरिएको अवस्थामा यसले डिस्प्ले बीचको “ग्यापमा” कमी ल्याउँदै भित्री स्क्रिनलाई स्क्रयाचबाट जोगाउनुका साथै प्रयोगकर्तालाई कम्प्याक्ट अनुभव प्रदान गर्छ । चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विक्रीका आधारमा यसले पहिलो महिनामै १० लाख भन्दा बढी अर्डर नाघि सकेको छ । 


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।