लगानी खबर, काठमाडौं - साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न दुई लघुवित्तले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निवेदन दिएका हुन् ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई करोड तीन लाख ३८ हजार रुपैयाँ बरावरको दुई लाख तीन हजार तीन सय ८० कित्ता सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सन्राइज क्यापिटल लिमिटेडले गर्नेछ ।
त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले नौ करोड ७५ लाख रुपैयाँ बराबरको नौ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुत्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।